Showing posts with label थाङ्का. Show all posts
Showing posts with label थाङ्का. Show all posts

Jul 25, 2013

मिलारेपाको थाङ्का चित्र



मिलारेपाको थाङ्का चित्रको पृष्ठभूमिको सानो कुनामा तिलोपाको चित्र हुन्छ । त्यसपछि सानो नारोपाको चित्र हुन्छ । त्यसको अलि तल अलि ठूलो मार्पाको चित्र हुन्छ । त्यसको अलि मुनि, अलि ठूलो मिलारेपाको चित्र हुन्छ । मिलारेपाको मुनि अलि सानो गम्पोपा र रेन्चेनपाको चित्र हुन्छ । यसको अर्थ के हो भने मिलारेपा एकैपटक बनेको होइन । मिलारेपा बन्नका यी सबैका योगदान छन् ।

तिलोपाले आफ्नो ज्ञान नारोपालाई दियो । नारोपाले फर्थिङपालाई । फर्थिङपाले मार्पालाई । मार्पाले मिलारेपालाई । मिलारेपाले गम्पोपालाई । गम्पोपाले कर्मापालाई दिए जुन हालसम्म कायम छ ।

(जुलाई २३, २०१३, टूरगान कार्यालय, कमलादीमा सम्पन्न कक्षामा श्री पूण्य प्रसाद पराजुली ज्युले दिनुभएको प्रवचनमा आधारित)

Jul 24, 2013

जातक के हो ?


तीन असंख्य कल्प अघि सूमेद नामक ब्राहमणले दिपंकर बुद्धलाई भेटी ‘म पनि तपाईं जस्तो बन्न चाहन्छु’ भने । भनिन्छ सूमेद ब्राहमणले दिपंकर बुद्ध सामु उक्त संकल्प लिने बित्तिकै उनी बोधिसत्व भए । सूमेद ब्राहमण मृत्यु पश्चात पनि बोधीचित्त अभ्यासमा लीन नै रहे । हरेक जन्ममा उनले बोधीसत्व अभ्यासलाई कायमै राखे । महासत्व राजकुमारको रूपमा पनौतीमा जन्म लिएको बेला उनमा करूणाको मात्रा यति बढेको थियो कि भोकाएकी बघिनीलाई देखेर आफ्नै शरिरलाई काटेर समेत खिलाएका थिए । त्यसपछि उनको जन्म तुषित Tushita नामक देवलोकमा भयो । त्यसपछि लुम्बिनीमा सिद्धार्थको रूपमा उनको जन्म भयो । यो उनको ५४७ औं जन्म थियो । पाली त्रिपिटकहरूमा यी ५४७ वटै जन्महरूका विवरण पाउन सकिन्छ । जातक कथाहरूमा यिनका सबै जन्मका, सूमेद ब्राहमण देखि लिएर तुषित सम्मका कथाहरू लेखिएका छन् । यी ५४७ जन्महरू मध्येका ३४ वटा जन्मका कथाहरूलाई समेटेर अश्वघोष नामक महाकवीले जातकमाला लेख्नु भयो । नेपालमा पाइने पौवा, थांकाहरू जातकमाला पुस्तकका कथाहरूमा आधारित छन् । जातकमालाको आधारमा बुद्धका पछिल्ला जन्मका कहानीहरूलाई चित्रांकन गरिएको हुन्छ । सिद्धार्थका कथा चाहिं जातकमा लेखिएको छैन किनभने त्यो नै उनको अन्तिम जन्म थियो ।

यसरी दिपंकर बुद्धको चेला, तीन असंख्य कल्पहरू पछि सिद्धार्थ भए । सूमेद ब्राहमण देखि सिद्धार्थ सम्मको जति जन्महरू भए, ती जन्महरूका कहानी नै जातक हो ।

(जुलाई २०, २०१३, टूरगान कार्यालय, कमलादीमा सम्पन्न कक्षामा श्री पूण्य प्रसाद पराजुली ज्युले दिनुभएको प्रवचनमा आधारित)