Showing posts with label फर्पिङ. Show all posts
Showing posts with label फर्पिङ. Show all posts

Jul 25, 2013

तिब्बती बौद्धधर्ममा नेपालको महत्व


साभार boston.com

नीङ्मापा, काग्युपा, साक्यपा, गेलुगपा यी सबैका संस्थापक लामाहरू जीवनको कुनै न कुनै चरणमा फर्पिङमा आएर तपश्या गरेका थिए । त्यसैले तिब्बतीहरू वर्षामा फर्पिङ आएर तपश्या गर्थे । जाडोमा बौधगया जान्थे । उनीहरूको ट्रान्जिट प्वाईण्ट नेपाल थियो । यो क्रम चौधौं शताब्दी सम्म चल्यो । त्यो समय सम्म उनीहरूले नेपाली सिद्धहरूबाट सिकेका ज्ञानलाई तिब्बती भाषामा अनुवाद गरे । बौद्धधर्मका पुस्तकहरू तिब्बती भाषामा अनुवाद गरे । पुस्तक छाप्ने नौलो कला विकास गरे । उनीहरू काठमा खोपेर पुस्तकलाई कागज वा कपडामा छाप्न योग्य बनाएर राख्थे । त्यसरी छापिएका पुस्तकहरूलाई लद्दाख, भुटान, मंगोलिया, नेपालका हिमाली गाउँहरू सम्म पुर्याए । 

यसरी भारतको नारोपाले दिएको ज्ञान नेपाली फर्थिङपाबाट तिब्बती मार्पा सम्म पुग्यो र तिब्बत भरी फैलियो । अहिले हिमाली क्षेत्रमा प्रचलित बौद्धधर्म भनेको आठौं नवौं शताब्दीमा उत्तरी भारतमा अभ्यास गरिएको बौद्धधर्म हो । सातौं, आठौं शताब्दीको उत्तर भारत हेर्ने हो भने काठमाण्डु हेरे हुन्छ भनेर सिल्भाँ लेभीले आफ्नो पुस्तक ‘ल नेपाल’मा भन्नुभएको छ । 

(जुलाई २३, २०१३, टूरगान कार्यालय, कमलादीमा सम्पन्न कक्षामा श्री पूण्य प्रसाद पराजुली ज्युले दिनुभएको प्रवचनमा आधारित)