Showing posts with label वज्रयान. Show all posts
Showing posts with label वज्रयान. Show all posts

Jul 29, 2013

पञ्च बुद्ध



मनमा द्वेष भाव उत्पन्न भएको खण्डमा उक्त द्वेषभावलाई हटाउन अक्षोभ्यको मन्त्र जप्नु पर्दछ  । घमण्डको भाव उत्पन्न भएमा उक्त घमण्डको भावलाई हटाउन रत्नसम्भवको मन्त्र जप्नु पर्दछ । यसरी नै रागको भाव उत्पन्न भएमा उक्त रागको भावलाई मेटाउन अमिताभको मन्त्र जप्ने । इर्ष्याको भाव उत्पन्न भएको खण्डमा उक्त इर्ष्याको भावलाई मेटाउन अमोघसिद्धीको मन्त्र जप्नु पर्दछ र मन अल्छिपनले ग्रस्त भएको खण्डमा मनको आलस्यलाई हटाउन वैरोचनको मन्त्र जप्नु पर्छ ।


पञ्च बुद्धहरू
रंग
दिशा
पञ्च तत्व
मनको भाव
मुद्रा
अक्षोभ्य
v नीलो
पूर्व
जल
द्वेष, रिस
भूमिस्पर्श
रत्नसंभव
v पहेंलो
दक्षिण
पृथ्वी
घमण्ड, मान
दान
अमिताभ
v रातो
पश्चिम
अग्नी
राग, आकर्षण
ध्यान
अमोघसिद्धी
v हरियो
उत्तर
वायू
इर्ष्या
अभयदान,
वैरोचन
v सेतो
मध्य
आकाश
अल्छि
धर्मचक्र

Jul 25, 2013

येशे छोग्याल




तिब्बतमा अभ्यास गरिने बौद्धधर्म वज्रयान हो । भिक्षु नभएका पनि सिद्धहरू हुन्छन् । जस्तो पद्मसंभव, तिलोपा, मार्पा, मिलारेपा भिक्षु होइनन् । उनीहरू प्राय: विवाहित हुन्छन् । विवाहित नभएपनि जीवनको कुनै चरणमा सिद्धी प्राप्त हेतू कन्सोर्टको मद्दत लिएकै हुन्छ । पुरूषको कन्सोर्ट महिला तथा महिलाको कन्सोर्ट पुरूष हुनै पर्छ । पुरूष उपाय तथा महिला प्रज्ञा कि प्रतीक हुन् ।

तिब्बतका राजा ठ्रीचेन देचेनकी श्रीमति येशे छोग्याललाई गुरू रिम्पोछेले 'तिमी सिद्धी प्राप्त गर्ने हो भने तिम्रो कन्सोर्ट काठमाण्डौंमा छ' भनेर भन्नुभएको थियो । येशे छोग्याल अनेक बाधा कष्ट सहेर काठमाण्डौं आइपुगे र आफ्नो कन्सोर्ट खोजे । अन्तत: भक्तपूरमा एउटा बंधुवा मजदूरको रूपमा उनले आफ्नो कन्सोर्टलाई भेटिन् । तब उनले ती बंधुवा मजदूरका मालिकलाई 'यो केटा मलाई ध्यान गर्न दिनुस्' भनेर मागिन् । यसलाई त मैले किनेको हो । मैले तिरेको मूल्य देऊ र केटो लैजाउ भनेर मालिकले जवाफदिए । येशे छोग्याल सोचमा परिन् । उनी मसानमा गएर अब के गर्ने भनेर सोचमग्न भएको अवस्थामा अकस्मात उनले एकजोडी धनी लोग्नेस्वास्नी रोई-कराई गरेको देखिन् । कुरा बुझ्दा उनीहरूका भर्खरका छोरा मरेका रहेछन् र मसानमा जलाउन ठीक्क पारिएको रहेछ । तब येशे छोग्यालले उनीहरूलाई सोधिन्:
- मैले तपाईंहरूको छोरालाई जिउँदो पारिदिएभने मलाई के दिनुहुन्छ ?
छक्क पर्दै उनीहरूले भने:
- छोराको तौल बराबरको सुन तिमीलाई दिन्छौं ! सक्छौ भने कृपया केही गर !

तब येशे छोग्यालले वज्रायाणी पुजा गरेर चितामा राखेको शरिरलाई बिउँझाई दिईन् । धनीजोडीका छोरा जुर्मुराएर बिउँझियो र आमा, बाबा भन्दै रोयो । धनीजोडी अत्यन्तै खुशी भै वचन दिए अनुसारको सुन येशे छोग्याललाई दिए । त्यो सुन बंधुवा मजदुरको मालिकलाई दिएर येशे छोग्यालले आफ्नो भावी कन्सोर्टलाई छुटाईन् र पछि उ सँग साधना गरी सिद्धी प्राप्त गरिन् ।

येशे छोग्यालको उक्त कन्सोर्टको नाम आचार्य साले हो । संखमूलबाट पाटन बगलमुखी जाने बाटोमा उहाँको विहार छ जसको नाम ऐम्पी विहार हो ।

(जुलाई २३, २०१३, टूरगान कार्यालय, कमलादीमा सम्पन्न कक्षामा श्री पूण्य प्रसाद पराजुली ज्युले दिनुभएको प्रवचनमा आधारित)